Posts

Showing posts from April, 2017

Home समाचार करिश्मा मानन्धरले किन दिइन् राजेश हमाललाई काठमाडौंको मेयर उठ्न सुझाव ? करिश्मा मानन्धरले किन दिइन् राजेश हमाललाई काठमाडौंको मेयर उठ्न सुझाव ?

Image
काठमाडौं, ५ वैशाख । नायिका एवं नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले नायक राजेश हमाललाई काठमाडौं महानगरपालिकाको मेयर उठ्न सल्लाह दिएकी छन् । यदि राजेश मेयरमा उठे आफूले उनलाई नै मत दिने घोषणा गरेकी छन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा कुनै पार्टीबाट नभई स्वतन्त्र उठ्न करिश्माले आग्रह गरेकी छन् । मंगलबार बिहान आफ्नो फेसबुकमा करिश्माले यदि नेपाली समाज र देशको चिन्ता भए राजेशलाई काठमाडौंको मेयरबाट उठ्न सुझाएकी हुन् । नायिका रेखा थापालाई राप्रपाले काठमाडौंको उपमेयरको टिकट दिने बताएको भोलिपल्टै करिश्माको यस्तो भनाइ आएको हो । राजेश हमाल काठमाडौं महानगरपालिकावासी हुन् । तर, करिश्मा होइनन् । करिश्मा ललितपुरको गोदावरी नगरपालिकामा बस्दै आएकी छन् । उनको पार्टी नयाँ शक्ति पार्टी नेपाल अहिले दलीय चुनाव चिन्ह पाउनुपर्ने भन्दै रत्नपार्कमा आमरण अनसनमा छ । यदि वैशाख ३१ गते निर्वाचन भयो भने नयाँ शक्तिले स्वतन्त्रबाट चुनावमा उठ्नुपर्ने हुन्छ । किनभने संसदमा नरहेका पार्टीलाई चुनाव चिन्ह निर्वाचन आयोगले नदिने बताइसकेको छ । सोही कारण पनि करिश्माले राजेशलाई स्वतन्त्र...

चुनावका विषयमा सरकारका दुई उपप्रधानमन्त्री किन लागे दुईतिर ?

Image
चुनावका लागि सुरक्षा प्रवन्ध पर्याप्त छैन, चुनाव सफल पार्न दलहरुबीचको संबादमार्फत राजनीतिक समस्याको समाधान खोजिनु पर्छ – विमलेन्द्र निधि –(आइतबारको ट्वीट) –निर्वाचन अयोगको पक्षपातपुर्ण र विभेदकारी निर्णयले निर्वाचन सङ्ल्याउने भन्दा पनि धमिल्याउने काम आयोगले नै गरेको छ – कमल थापा –(मंगलबार दाङको तुलसिपुरमा भएको साक्षात्कारमा ) पछिल्लो समय सरकारमा सहभागि यी दुई बरिष्ठ मन्त्रीहरुले दिएका अभिव्यक्तिले उनीहरु नै चुनावको विपक्षमा उभिएका हुन् कि भन्ने अन्दाज लगाउन कुनै कठिन छैन । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधी र उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाका पछिल्ला अभिव्यक्ति हेर्दा र सुन्दा उनीहरु निर्वाचन विरोधी मात्र होइन, सरकार नै चुनावको विपक्षमा उभिएको त हैन भन्ने सर्वसाधारणमा आशंका बढ्नु स्वभाविक बनेको छ । सरकारकै बरिष्ठ मन्त्रीहरुको यस्तो अभिव्यक्तिले सिंगो सरकारको चुनाव गराउने गति बढ्ला या घट्ला त्यो छुट्याउने जिम्मा सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मामा छोडौ । तर, निधी र थापा मन्त्री मात्र होइनन् उनीहरु प्रमुख दलका जिम्मेवार ने...

नागार्जुन नगरपालिकामा चुनावी सरगर्मी, कसले मार्ला बाजी ?

Image
काठमाडौं, बैशाख ६–बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको चहलपहल बढ्दो छ । उपत्यकामा भूगोलको हिसावले सबै भन्दा सानो नगरपालिका नागार्जुन नगरपालिकमा उम्मेद्वार छनौटको सरगर्मी बढेको छ । नागार्जुन नगरपालिकामा मेयर र उपमेयर पदको लागि एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले धमाधम उम्मेदवारहरुको छनौट गरी जनता माझमा पठाउन थालेको छ । तर ती उम्मेदवारमा महिलाको उपस्थिति भने न्यून छ । यस्ता छन् नागार्जुन नगरपालिकामा दलका उम्मेदवार नेकपा एमालेको तर्फबाट मेयरमा प्रकाश श्रेष्ठ, सानुराजा पुरी, नन्दनहरि गौतम र केशव पोखरेलको चर्चा छ भने भने उपमेयरमा सानुमायाँ खड्का, सुशीला खत्रीको नाम चर्चामा रहेको छ । नेपाली कांग्रेसका तर्फबाट मेयरमा मोहन बहादुर बस्नेत, केदार मानन्धर, धर्मराज गौतममध्ये एक जनाले टिकट पाउने छन् भने उपमेयरमा सरस्वती भट्ट, कल्याणी खड्का र सीता श्रेष्ठको चर्चा छ । नेकपा माओवादी केन्द्रले मेयरमा कुमार लामा र उपमेयरमा सलिना भुजेललाई उम्मेदवार घोषणा गरिसकेकोछ । राप्रपाले उद्धव थापा, ध्रुव खनाल मध्ये एक जनालाई मेयरको उम्मेदवार बनाउने मिरा कुवँरलाई उपमेयर उम...

आईजीपी प्रकरणमा यसरी भएको रहेछ सरकार र अदालतको हिसाब ‘गडबड’

Image
वैशाख ५, काठमाडौं – निकै विवादीत बनेको नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रक्रियामा सिफारिस गरिएका डिआइजीहरुले कार्य सम्पादन मूल्यांकनमा प्राप्त अंकहरु सरकार र अदालतको निर्णयमा भिन्नता देखिएपछि निकै चर्चाको विषय बन्यो । गत चैत ८ गते सर्वोच्च अदालतले परामादेश जारी गर्दै कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने नवराज सिलवाललाई आईजीपी बनाउन भनेको थियो । सर्वोच्चको निर्णयमा भनिएको थियो, डिआइजी भएको ‘२०६९ देखि २०७३ सम्मको चार वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कूल ‍औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द भएको देखियो।’ तर, सर्वोच्च अदालतको निर्णय विपरित चैत २८ गते सरकारले कार्यसम्पादन मूल्यांकनमा सिलवालभन्दा प्रकाश अर्याल अघि रहेको भन्दै अर्याललाई नयाँ आईजीपी नियुक्त ग¥यो । आजसम्म पनि कसरी दुई निकायमा एउटै कार्यसम्पादन मूल्यांकनमा फरक–फरक हिसाब देखियो भन्ने कुरा अन्यौलमा नै छ । तर, रातोपाटीलाई प्राप्त केही महत्पूर्ण कागजातमा कार्यसम्पादन मूल्यांकनमा कहीँ न कहीँ गढबढी ...

परराष्ट्रमन्त्री महत भन्छन् –‘राष्ट्रपति भण्डारीलाई भारतले उच्च सम्मान दियो’

Image
काठमाडौ, बैशाख ६ – परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले भारतले राष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिएको बताएका छन् । मन्त्री महतले भारतले राष्ट्रपति भवनमै राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’जस्तो उच्च सम्मान दिएको स्पष्ट पारेका छन् । राष्ट्रपति भण्डारी तथा भारतीय राष्ट्रपति/प्रधानमन्त्रीसहितको उच्च भेटवार्तामा सहभागी भई बुधबार स्वदेश फर्किएका महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै भारतीय उच्च नेतृत्वले राष्ट्रपतिसँग सदभावनापूर्ण शिष्टाचार भेट गरेको बताए । मन्त्री महतले भारतको विमानस्थलमा राज्यमन्त्रीले राष्ट्रपतिलाई स्वागत गरेको विषयलाई लिएर अनावश्यक टिप्पणी नगर्न संचारकर्मीसँग आग्रह पनि गरे । उनले भारतीय राष्ट्रपति भवनमा दिइएको गार्ड अफ अनरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत पुरै समय सहभागी भएर उच्च सम्मान व्यक्त गर्नुले भ्रमण सफल भएको पनि बताए । उनले भने – “नेपालका राष्ट्रपतिलाई भारतले दिने ‘गार्ड अफ अनर’ महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यस क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित...

चुनावबारे मधेशका स्थानीय नेता के सोचिरहेका छन् ?

Image
जनकपुरधाम, बैशाख ६– बैशाख ३१ को लागि घोषणा भएको स्थानीय चुनावलाई लिएर सवैभन्दा ठूलो बहस राजधानीमा छ । तराई–मधेश केन्द्रित राजनीति दलहरुले आफ्ना माग पुरा नगराएसम्म मधेशमा चुनाव हुन नदिने अडान राखेका छन् । तर, यस्तो अडान काठमाडौंमा बसेरठूला नेताले सुनाईरहेका हुन्छन् । चुनावको विषयलाई लिएर मधेशका जिल्लामा बसेर राजनीतिक गरिरहेका स्थानी नेता के सोचिरहेका छन् ? हामीले जनकपुरमा पुगेर जवाफ खोेज्ने प्रयत्न गरेका छौँ । धनुषा, गृहमन्त्री बिमलेन्द्र निधिको गृह जिल्ला । मधेशी मोर्चाका सहभागीता विना चुनाव हुन नसक्ने आशयका ट्वीटपछि पछिल्लो पटक गृहमन्त्री निधि पनि विवादमा तानिएका छन् । जनकपुर पुगेका रातोपाटी संवाददाता शंम्भु दंगाल र धनुषा संवाददाता अमरेन्द्र यादवले जिल्लाका विभिन्न पार्टीका नेताहरुसँग भेट गरेका थिए । आन्दोलन गरिरहेका मधेशका नेताहरु पनि भेटेका छन् । र, पार्टीको केन्द्रीय नीति अनुसार चुनावी तयारीमा लागेका प्रमुख तीन दलका स्थानीय नेतासँग पनि कुराकानी गरेका छन् । मधेशको चुनावमाथि देखिएको बादल झन्–झन् गहिरो बन्दै गएको छ । जसरी, सरकार, निर्वाचन आयोग र प्रमुख दल चुनावी तयारीमा लागेका ...