Home समाचार करिश्मा मानन्धरले किन दिइन् राजेश हमाललाई काठमाडौंको मेयर उठ्न सुझाव ? करिश्मा मानन्धरले किन दिइन् राजेश हमाललाई काठमाडौंको मेयर उठ्न सुझाव ?

काठमाडौं, ५ वैशाख । नायिका एवं नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले नायक राजेश हमाललाई काठमाडौं महानगरपालिकाको मेयर उठ्न सल्लाह दिएकी छन् । यदि राजेश मेयरमा उठे आफूले उनलाई नै मत दिने घोषणा गरेकी छन् ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा कुनै पार्टीबाट नभई स्वतन्त्र उठ्न करिश्माले आग्रह गरेकी छन् । मंगलबार बिहान आफ्नो फेसबुकमा करिश्माले यदि नेपाली समाज र देशको चिन्ता भए राजेशलाई काठमाडौंको मेयरबाट उठ्न सुझाएकी हुन् । नायिका रेखा थापालाई राप्रपाले काठमाडौंको उपमेयरको टिकट दिने बताएको भोलिपल्टै करिश्माको यस्तो भनाइ आएको हो ।
राजेश हमाल काठमाडौं महानगरपालिकावासी हुन् । तर, करिश्मा होइनन् । करिश्मा ललितपुरको गोदावरी नगरपालिकामा बस्दै आएकी छन् । उनको पार्टी नयाँ शक्ति पार्टी नेपाल अहिले दलीय चुनाव चिन्ह पाउनुपर्ने भन्दै रत्नपार्कमा आमरण अनसनमा छ । यदि वैशाख ३१ गते निर्वाचन भयो भने नयाँ शक्तिले स्वतन्त्रबाट चुनावमा उठ्नुपर्ने हुन्छ । किनभने संसदमा नरहेका पार्टीलाई चुनाव चिन्ह निर्वाचन आयोगले नदिने बताइसकेको छ । सोही कारण पनि करिश्माले राजेशलाई स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिन सुझाएकी हुन सक्ने बताइन्छ ।
नेपाली चलचित्र उद्योगमा करिश्मा र राजेशबीच राम्रो सम्बन्ध रहेको छ । दुवैले थुप्रै चलचित्रमा सँगै अभिनय गरेका छन् । चलचित्रमा र व्यक्तिगत सम्बन्ध प्रगाढ भए पनि सार्वजनिक रूपमा भने दुवैले एक अर्काको विषयमा बोल्ने गरेका छैनन् ।

Comments

Popular posts from this blog

चुनावका विषयमा सरकारका दुई उपप्रधानमन्त्री किन लागे दुईतिर ?

चुनावबारे मधेशका स्थानीय नेता के सोचिरहेका छन् ?

आईजीपी प्रकरणमा यसरी भएको रहेछ सरकार र अदालतको हिसाब ‘गडबड’