नागार्जुन नगरपालिकामा चुनावी सरगर्मी, कसले मार्ला बाजी ?

काठमाडौं, बैशाख ६–बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको चहलपहल बढ्दो छ । उपत्यकामा भूगोलको हिसावले सबै भन्दा सानो नगरपालिका नागार्जुन नगरपालिकमा उम्मेद्वार छनौटको सरगर्मी बढेको छ ।


नागार्जुन नगरपालिकामा मेयर र उपमेयर पदको लागि एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले धमाधम उम्मेदवारहरुको छनौट गरी जनता माझमा पठाउन थालेको छ । तर ती उम्मेदवारमा महिलाको उपस्थिति भने न्यून छ ।



यस्ता छन् नागार्जुन नगरपालिकामा दलका उम्मेदवार
नेकपा एमालेको तर्फबाट मेयरमा प्रकाश श्रेष्ठ, सानुराजा पुरी, नन्दनहरि गौतम र केशव पोखरेलको चर्चा छ भने भने उपमेयरमा सानुमायाँ खड्का, सुशीला खत्रीको नाम चर्चामा रहेको छ ।
नेपाली कांग्रेसका तर्फबाट मेयरमा मोहन बहादुर बस्नेत, केदार मानन्धर, धर्मराज गौतममध्ये एक जनाले टिकट पाउने छन् भने उपमेयरमा सरस्वती भट्ट, कल्याणी खड्का र सीता श्रेष्ठको चर्चा छ ।
नेकपा माओवादी केन्द्रले मेयरमा कुमार लामा र उपमेयरमा सलिना भुजेललाई उम्मेदवार घोषणा गरिसकेकोछ । राप्रपाले उद्धव थापा, ध्रुव खनाल मध्ये एक जनालाई मेयरको उम्मेदवार बनाउने मिरा कुवँरलाई उपमेयर उम्मेद्वार बनाउने भएको छ ।
निर्वाचनको माहोल हेर्दा र संगठको उपस्थितिलाई आधार मान्ने हो भने नागार्जुन नगरपालिकको निर्वाचन दुई पक्ष नेकपा एमाले र नेपाली कांग्रेस वीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

Comments

Popular posts from this blog

चुनावका विषयमा सरकारका दुई उपप्रधानमन्त्री किन लागे दुईतिर ?

चुनावबारे मधेशका स्थानीय नेता के सोचिरहेका छन् ?

आईजीपी प्रकरणमा यसरी भएको रहेछ सरकार र अदालतको हिसाब ‘गडबड’